एनसीसी बैंकको ३७ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा आज नेपाल क्रेटिड एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीको मंसिर २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर सूचिकृत गराएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३.३६६३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदविक्री गर्न सक्नेछन् ।