एनआईसी एशिया बैंकले शेयरधनीलाई यो वर्ष पनि लाभांश नदिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसयता बैंकले लाभांश वितरण गरेको छैन । बैंकको मंगलबारको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ तर शेयरधनीहरुलाई भने लाभांश नदिने निर्णय गरेको हो ।

बैंकले राष्ट्र बैंकले तोके अनुसारको पूँजी कोष कायम राख्न नसक्दा लाभांश वितरणबाट वञ्चित भएको हो ।