सिटिजन्स बैंकले संचालनमा ल्यायो नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा तेस्रो विस्तारित काउण्टर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा संचालनमा ल्याएको छ ।

यस अघि बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ ।

सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य बैंकले जनाएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।