बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरे पश्चात् शेयरधनीहरुलाई वितरण गरिनेछ ।



About Us
प्रतिक्रिया