बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौमा सम्पन्न साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा (Financial Services) तर्फ बाट “Certificate of Merit” द्धारा सम्मानित भएको छ ।
दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) ले Best Presented Annual Report Award विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एशियन देशहरु बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरु लाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो । विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपाल बाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो ।
उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जानाएको छ ।



About Us
प्रतिक्रिया