माछापुच्छ्रे बैंकका शेयरधनीको हात यो वर्ष खाली, लाभांश वितरण नगर्ने बैंकको घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको हो ।

बैठकले गत वर्षको अन्तिममा कायम रहेको वितरणयोग्य मुनाफा संचित गर्ने निर्णय गरेको छ र लाभांश प्रदान नगर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण पारित गरेको हो ।

उक्त वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरि कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो ।

बैकले यसअघि २०७७/७८ मा शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

\"\"