बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ४ प्रतिशत बोनस शेयर र ४ दशमलव ९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अघिल्लाे आवको मुनाफाबाट गत आवमा शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



About Us
प्रतिक्रिया