नबिल बैंकको ३ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।

बैंकले हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्ट प्रा.लिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।