सेन्चुरी बैंकले ५% लाभांश पारित गर्न बोलायो पुस १४ गते साधारणसभा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सेन्चुरी कमर्शियल बैंकले लाभांश पारित गर्न पुस १४ गते साधारणसभा बोलाएको छ । बैंकले १२ औं साधारणसभा सुन्धाराको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे बोलाएको हो ।

सभाले विशेष गरेर गत वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले साधारणसभाको लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज मिति तोकेको छ । यसको अर्थ नेपाल स्टक एक्सचेन्जमा पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।