नेप्सेको ओरालो यात्रा कायम, ४.८७ अंकले नेप्से घट्दा कारोबार रकम पनि उल्लेख्य घटेर ९६ करोडमा सिमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि सामान्य अंकले घटेको छ । आज नेप्से ४.८७ अंकले घटेर १ हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से २४.४६ अंकले घटेर १ हजार ९ सय ३८ दशमलब ७६ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा कारबार रकम भने १ अर्ब पनि पुग्न सकेन । आज ९६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनी मध्ये ७८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३४८.१० रुपैयाँ पुगेको छ ।   

आज एनएमबि बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।