बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री खुला गरेको छ । बैंकले मंसिर २६ गतदेखि ४४ हजार ७६१ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १८० मूल्य तोकेर उक्त शेयर पुस ४ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।
कम्पनीले संस्थापक शेयर शेयर संस्थापक शेयरधनीहरुको लागि खरीद गर्ने गरी ३५ दिने सूचना जारी गरेकोमा सो समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।
संस्थापक शेयर खरीद गर्न इच्छुक सर्वसाधारण शेयरधनीले मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म भित्र कम्पनी सचिवको कार्यालयमा बोलपत्र पेश गर्न आग्रह गरेको छ ।
इच्छुक खरीदकर्ताहरुले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । तोकिएको मितिभित्र प्राप्त बोलपत्र पुस ५ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ । बैंकको यो शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया