बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंसिर १९ गते, सोमबार सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात बैंकको शेयरमूल्य २४७ रुपैयाँ १८ पैसा कामय भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार, बैंकको शेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर सोमबार बैंकको शेयर कारोबार खुल्नेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान ११ बजे शुरु हुनेछ ।



About Us
प्रतिक्रिया