बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ बसुन्धरास्थित “द डालो रेष्ट्रो” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको “द डालो रेष्ट्रोे” मा फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।



About Us
प्रतिक्रिया