गरिमा विकास बैंकको गरिमा डिजिटल बटुवामा अब नेपाल पे क्युआरको सेवा उपलब्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग (Garima Digital Batuwa) बाट अब NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । 

बैंकका ग्राहकहरुले Garima Digital Batuwa App को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको NEPALPAY QR स्क्यान गरी QR मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले NEPALPAY QR मा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको NEPALPAY QR स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा NEPALPAY QR स्थापना र सञ्चालनमा आएको हो, जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य QR स्कीम सँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । 

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट Garima Digital Batuwa अथवा NEPALPAY QR मा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

यसरी गरिमा विकास बैंकको मोबाईल बैकिङ्गमा NEPALPAY QR जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धी हुने आशा गरिएको छ साथै डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ । 

गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ ATM मार्फत सेवा प्रदान गरिरहेको छ ।