बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि अन्तिम सझौता भएको छ । दुवै बैंकको आज बसेको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरि दुई बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच गत जेठ २७ गते मर्जरको सम्झौता भएको थियो । दुई बैंकबीच १००:९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ ।
यस सँगै अब दुवै बैंकले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराउने बाटो खुलेको छ । २ बैंकबीच गत जेठ २७ गते मर्जर सम्झौता भएको थियो । राष्ट्र बैंकले असार २२ गते दुई बैंकलाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको थियो । दुवै बैंकले साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गराएपछि राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने छ ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब रुपैयाँ हुनेछ ।



About Us
प्रतिक्रिया