नेपाल एसबिआई बैंकले घोषणा गर्यो कुल १०.५३% लाभांश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजी रू. ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजारको आधारमा कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५३ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।