बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेटिड एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को शेयर कारोबार फुकुवा गरेको छ ।
नेपाल धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ अनुसार बैंककाे आधारभुत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।
कारोबार खुलाउनको लागि बैंकले मंसिर ८ गते नेप्सेमा निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा नेप्सेले बैंकको शेयर कारोबार मंसिर १२ गते फुकुवा गरेको हो ।
एसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्बन्धी सम्झौता भएपछि बैंकको शेयर कारोबार रोकिएको थियो ।



About Us
प्रतिक्रिया