बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारण सभाबाट पारित भएको लाभांश लिन आग्रह गरेको हो ।
बैंकको आर्थिक बर्ष २०७३/७४ को साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको ३५ दिन भित्र लाभांश लिन बैंकले आग्रह गरेको छ ।
सेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार सिबिआइएल क्यापिटलको कार्यालय डिल्लीबजार काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न अनुरोध गरेको छ । सूचना प्रकाशित मितिले ३५ दिनसम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया