शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घोषणा घोषणा गर्यो लाभांश, शेयरधनीले १३.३०% बोनस शेयर पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।