ग्लोबल आइएमई बैंकको बोनस लाभांश पछिको शेयर मूल्य नेप्सेमा समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस शेयरपछिको मूल्य तोकेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको उक्त बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

नेप्सेले मंसिर ६ गते कायम बैंकको अन्तिम शेयरमूल्य रू. २५१ दशमलव ४० को आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य रू. २४४ दशमलव शून्य ८ तोकेको हो । मंसिर ७ गते बैंकको समायोजनपछिको मूल्यकै आधारमा शेयर कारोबार खुला हुनेछ । 

यस वर्ष बैंकले गत आर्थिक वर्ष ०७८÷७९ को आधारमा बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि १० दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २३ गते साधारण सभा बोलाएको छ ।