एभरेष्ट बैंकले बोलायो मंसिर २६ गतेको लागि साधारणसभा, कूल २०.६८% लाभांश पारित गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिक साधारण सभा मंसिर २६ गते गर्ने भएको छ । बैंकले उक्त सभा लैनचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५०० करोड पुर्याउने, तथा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पािरत गर्ने जनाएको छ ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।