मंसिर ५ देखि ११ गते सम्मको साप्ताहिक आर्थिक राशिफल


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेष राशि – मेष राशिका लागि साताको सुरुवात राम्रो रहनेछ । कारोबार मा बृद्धि हुनेछ । स्वास्थ्य अवस्था अनुकुल रहनाले कार्य क्षेत्रमा उत्साह बढ्नेछ । व्यापारी साथी सँगको सम्बन्ध सुध्रिनेछ । साझेदारीको कुनै नयाँ कार्यको शुरुवात गर्नु शुभ हुनेछ । यो साता तुलनात्मक रुपमा बिहिबार र शुक्रबार आर्थीक रुपमा अस्थिर दिन रहनेछन । शनिबार र आईतबार भने भाग्यले साथ दिनेछ । कारोबार बाट राम्रो फाईदा हुनेछ ।

वृष राशि – वृष राशिका लागि यो साता उत्तम रहनेछ । बौद्धिक एवं सेवा मुलक कारोबार गर्नेहरुका लागि साताको शुरुवात शुभ फलदायी रहनेछ । कुनै नयाँ सिर्जना हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । कार्यक्षेत्रमा सहकर्मी हरु बाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यबाट तपाईको इज्जत प्रतिष्ठा बढ्नेछ । यो साता शनिबार र आईतबार तुलनात्मक रुपमा कमजोर दिन रहनेछन । 

मिथुन राशि – मिथुन राशि हुने हरुका लागि यो साता मिश्रित फलदायी रहनेछ । साताको शुरुवातमा आफ्नो परिवार का लागि धन खर्च हुने देखिन्छ । राम रमाईलो मा हुने खर्च कटौति गर्नु शुभ हुनेछ । नयाँ व्यापार शुरुवातका लागि रिण लिन सक्नुहुनेछ । अचल सम्पतीका विषयका कारण मनमा चिन्ता बढ्न सक्नेछ । आर्थीक कारोबार का लागि तुलनात्मक रुपमा सोमबार कमजोर दिन रहनेछ । 

कर्कट राशि – कर्कट राशिका लागि साताको शुरुवात शुभ रहनेछ । आर्थीक लगानीका लागि सकारात्मक समय रहनेछ । व्यापारमा नयाँ विषयले तपाईलाई आकर्षित गर्नेछ । सिनेमा तथा मनोरञ्जन जस्ता क्षेत्रमा कार्यरत हरुका लागि विशेष फलदायी समय रहनेछ । बैंकिङ क्षेत्रमा काम गर्ने हरुका लागि आफ्नो क्षमता देखाउने राम्रो अवसर रहनेछ । सहकर्मी सँग सभ्यता र शालिनता कायम रख्नु आवश्यक देखिन्छ । यो साता तुलनात्मक रुपमा मंगलबार र बुधबार केहि कमजोर दिन रहनेछन । 

सिंह राशि – सिंह राशिका लागि यो साता सकारात्मक रहनेछ । तपाईको बोलीको प्रभाव बढ्नेछ । मार्केटिङ सँग सम्बन्धित क्षेत्रमा कारोबार गर्ने हरुले राम्रो मुनाफा आर्जन गर्ने देखिन्छ । सहकमी साथीभाई बाट पनि तपाईको कारोबारमा उचित साथ र सहयोग प्राप्त हुनेछ । व्यापारमा महत्वपूर्ण सम्झौता हुन सक्नेछ । नयाँ सवारी साधन खरिदका लागि उपयुत्त समय छ । घरमा पाहुना वा आफन्तका लागि खर्च गर्नु पर्ने देखिन्छ । यो साता उधारो कारोबार मा सचेत रहनुहोला ।  तपाईको कार्यालयमा कार्यरत कर्मचारी असन्तुष्ट रहनाले काम बिग्रन सक्नेछ । बिहिबार तुलनात्मक रुपमा कमजोर दिन देखिन्छ । 

कन्या राशि – कन्या राशिका लागि यो साता शुभ रहनेछ । कार्यक्षेत्रमा उच्च अधिकारी बाट तपाईको कार्यको प्रशंशा हुनेछ । तपाईको बढुवाका लागि कुरा चल्नेछ । पैत्रिक सम्पती बाट तपाई लाई टेवा पुग्नेछ । नयाँ रोजगारीको अवसर आउनेछ । शनिबार र आईतबार भने तपाईका लागि खर्च बढ्ने दिन रहनेछन । आफ्नो स्वास्थ्य विग्रनाले खर्च हुनेछ । प्रतिस्पर्धामा विरोधीको को सामना गर्नुपर्नेछ । 

तुला राशि – तुला राशिका लागि यो साता मिश्रित रहनेछ । साताको शूरुवातको दिन केहि कमजोर रहनेछ । अनावश्यक खर्चको मात्रा बढ्नेछ । निर्माण व्यावसायमा संलग्न हरुका लागि शुभ समय रहनेछ । उच्च राजनितिक तहबाट तपाई लाई सहयोग हुनेछ । कार्यक्षेत्रमा नयाँ काम गर्ने अवसर ले आफ्नो सीप एवं क्षमता अभिवृद्धिको अवसर जुट्नेछ । यो साता तपाईले लिएको उधारो तिर्ने वातावरण बन्नेछ । तपाईले यो साता आलस्यता त्याग्नु उत्तम हुनेछ । खानपान र आलस्यताका कारण स्वास्थ्य बिग्रन सक्नेछ । 

बृश्चिक राशि – साताको शुरुवातको दिन सोमबार व्यापार व्यावसाय बाट राम्रो धनलाभ हुनेछ । साथी संगीको साथ ले मन फुरुङ्ङ हुनेछ । पिताको सहयोग बाट महत्वपूर्ण काम बन्नेछ । परिवारको सहयोग ले धन आर्जनमा पनि सहयोग मिल्नेछ । यो साता स्वास्थ्य क्षेत्रमा कार्यरत हरुले राम्रो धन आर्जन गर्ने अवसर जुट्नेछ । उच्च पदस्थ व्यक्तिको दृष्टि तपाईको काममा पर्नेछ । भविष्यमा लगानी गर्ने बारे छलफल हुनेछ । दाम्पत्य सम्बन्धका कारण केहि तनाव बढ्नेछ । यो साता तपाईका लागि तुलनात्मक रुपमा मंगलबार र बुधबार कमजोर दिन रहनेछ । 

धनु राशि – साताको शुरुवात तपाईका लागि उत्तम रहने देखिन्छ । धार्मीक, मांगलिक एवं ईभेन्ट मेनेजमेन्ट सँग सम्बन्धित क्षेत्रको कारोबार बाट राम्रो मुनाफा आर्जन हुने देखिन्छ । नोकरी गर्ने हरुका लागि पनि आम्दानी वृद्धि हुनेछ । व्यापारमा नयाँ प्रोजेक्ट मिल्ने अवसर आउनेछ । व्यापारिक कारोबार सम्बन्धि डिल मंगलबार सफल हुनेछ । पेशागत रुपमा तपाईको मेहेनतको उचित कदर हुनेछ । यो साता नसोचेको ठाउँ बाट अचानक धन लाभ हुनेछ । यो साता बिहिबार र शुक्रबार खर्च बढ्नाले चिन्ता पर्न सक्नेछ । परिवार सम्बन्धि समस्याले महत्वपूर्ण कार्यमा बाधा आउन सक्नेछ । 

मकर राशि – यो साता शूरुवातमा धार्मीक तथा सामाजिक कार्यमा मन जानेछ । कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । आम्दानी बढ्नेछ । तपाईले आफु स्वयं लाई उर्जावान महसुस गर्नु हुनेछ । नोकरीमा तपाईको कार्यको सराहना हुनेछ । घरायसी सामान वा मर्मत मा धन खर्च हुनेछ । साझेदारीका कार्य बाट राम्रो मुनाफा आर्जन हुनेछ । प्राईभेट कम्पनीमा कार्यरत हरुका लागि केहि तनाव महसुस को वातावरण आउनेछ । तपाईको उदारताको अनावश्यक फाईदा लिन सक्नेछन । यो साता तुलनात्मक रुपमा शनिबार आर्थीक रुपमा कमजोर दिन रहनेछ । 

कुम्भ राशि – यो साता कुम्भ राशिका लागि आर्थीक अवस्था सबल रहनेछ । साताको पहिलो दिन सोमबार केहि कमजोर दिन भएपनि अन्य दिनहरु भने शुभ रहनेछन । व्यापार व्यावसायमा सहयोगी हरुको सम्बन्ध सुमधुर रहनाले राम्रो मुनाफा आर्जन हुनेछ । तपाईको सल्लाहले कसैको महत्वपूर्ण काम बन्नेछ । नयाँ कार्य शूरुवातका लागि पनि शुभ समय रहनेछ । प्रतिस्पर्धामा तपाईको जित हुनेछ । साताको शूरुवातको दिन कुनै कानुनी समस्या आइलाग्न सक्नेछ । बिपरित लिङ्गी साथीका कारण तनाव आउन सक्छ । सचेत रहनुहोला । 

मिन राशि – मिन राशिका व्यक्ति हरुका लागि यो साता कारोबार मा ठुलो उन्नती हुनेछ । व्यावसायमा नयाँ क्षेत्रमा रुचि बढ्नेछ । भविष्यको योजनाका लागि साथीभाई सँग गम्भिर चर्चा हुनेछ । सरकारी नोकरी मा कार्यरत हरुका लागि उत्तम समय रहनेछ । राजनितीक क्षेत्रमा कार्यरत हरुका लागि पनि शुभ साता रहनेछ । फेशन तथा कपडा व्यायसायीहरु लाई राम्रो कारोबार हुने साता छ । श्रृङ्गार तथा गरगहना सम्बन्धि कारोबार बाट समेत राम्रो मुनाफा आर्जन हुनेछ । यो साता तपाईले जोखिम यूक्त क्षेत्रमा लगानी बाट बच्नु आवश्यक छ । आर्थीक रुपमा मंगलबार र बुधबार कमजोर दिन रहनेछन ।