मुक्तिनाथ विकास बैंकका ग्राहकले द हिमालयन ग्रिल बाइ बाजेको रेस्टुरेण्टमा बिशेष छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन एक रेस्टुरेन्टसंग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सामाखुसी को “द हिमालयन ग्रिल बाई बाजेको” रेस्टुरेन्टसंग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिटकार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले द हिमालयन ग्रिल बाई बाजेकोमा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट  निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।