एनआईसीमा हुँदा २ करोड घोटाला, त्यसपछि कामना सेवाको प्रदेश प्रमुख 

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
एनआईसी एशिया बैंकका तत्कालिन शाखा प्रबन्धकले २ करोड घोटाला गरेर अहिले कामना सेवा विकास बैंकको प्रदेश प्रमुखको जिम्मेवारीमा रहेको पाइएको छ । एनआइसी एशियामा हुँदा शाखा प्रबन्धक रहेका शेखर झा र अपरेसन म्यानेजर रामनरेश पण्डितको मिलेमहतोमा  जनकपुरधाम उपमहानगरपालिकामा नमुना मार्ट सञ्चालन गरेका धनुषा लक्ष्मीनियाँ–७ का हसम साफीको खाताबाट २ पटक किर्ते हस्ताक्षर गरी १ करोड ८५ लाख सतिश साहको खातामा रकमान्तर गरी रकम अपचलन गरेका हुन् । जसमा एनआइसी एसिया बैंकका धनुषा शाखा प्रमुख शेखर झा र अपरेसन म्यानेजरको मुख्य भुमिका रहेको प्रहरीले बताए । अहिले झा कामना सेवा विकास बैंकको प्रदेश प्रमुखको जिम्मेवारीमा पुगेका छन् । उक्त घटना घटाएका झा लगायत आरोपीहरु फरार रहेको प्रहरीको भनाइ छ । बचतकर्ताको त्यती धेरै रकम हिनामिना पारेका उनी कसरी एउटा विकास बैंकको प्रदेश प्रमुख बने ? यो प्रश्न अहिले बैंकिङ्ग बजारमा तरगं पैदा गरेको छ । 

के थियो घटना ?
एनआईसी एशिया बैंकमा हसन साफीको नाममा रहेको ब्यक्तिगत खाताबाट ५० लाख २० हजार रुपैंया बैंक म्यानेजर शेखर झा र अपरेसन म्यानजेजर  रामनरेश पण्डितले किर्ते हस्ताक्षर गरी रमेश मण्डलको खातामा रकमान्तर गरेका थिए । त्यसैगरी साफीको ब्यवसायीक प्रतिस्ठानको खाताबाट १ करोड ३५ लाख रुपैंया रकम साफीको किर्ते हस्ताक्षर गरी रकमान्तर गरिएको थियो । उक्त रकम जनकपुर श्री पञ्च आईरन स्टोर्स नामक एक कम्पनीका सञ्चालक सतिश शाहको खातामा रकमान्तर गरिएको थियो गएको थियो । जिल्ला प्रहरी धनुषाले लामो अनुसन्धान पछि साहलाई पक्राउ गरी बैंकिङ्ग कसुर सम्बन्धी मुद्रा चलाएको छ ।

उक्त मुद्दामा साहलाई जनकपुर अदालतले ४५ लाख रुपैंया धरौटीमा छाडेको छ भने बाँकी ३ जना ९शेखर झा, रामनरेश पण्डित र खाताबाला रमेश मण्डल० अझै फरार छन ।  जिल्ला प्रहरी धनुषाका अनुसार दुबै खातामा बैंशाख १४ गते ५ मिनेटको अन्तरमा रमेश मण्डलको नाममा रहेको खातामा ५० लाख २० हजार र श्री पञ्चमुखी आईरन स्टोर्सको नामको खातामा १ करोड ३५ लाख रुपैंया गएको देखिन्छ । तर मुख्य बचतकर्ता साफीको यी ब्यक्तिहरुसँग कुनै कारोबार थिएन  । तर झा र पण्डितले खातावालाहरुसँग मिलेमहतो गरी रकम हिनामिना गरेका थिए । साफीले जिल्ला प्रहरी कार्यलयमा ६ महिना अघि जाहेरी  दिएका थिए । सोही जाहेरीको आधारमा धनुषा प्रहरीले आरोपीतहरु माथि बैकिङ्ग कसुर अन्तर्गत मुद्दा चलाएको छ । 

एनआईसी एशियाका कर्मचारी कसरी पुगे कामना सेवा विकास बैंक ? 
घटना भएको केही दिनपछि नै झा ले एनआईसी एसिया बैंक छाडे । त्यसपछि उनी महोत्तरीको बर्दिबास स्थित कामना सेवा विकास बैंकमा प्रदेश प्रमुखको रुपमा काम गर्न थाले । तर कर्मचारी नियुक्त गर्दै गर्दा कामना सेवा विकास बैंकलाई उनको काण्डको बारेमा केही पत्तै भएन । यता अपरेसन म्यानेजर प्रमुख भने जानकी फाइनान्समा पुगे । उनी त्यहाँ अहिले काम गर्दै आइरहेका छन् । प्रहरीले आफुहरुलाई पक्राउ गर्ने सुईको पाएपछि यिनीहरु आ–आफ्नो कार्यालयबाट फरार भएको प्रहरीको दावी छ । 

पैसा गायव भएपछि व्यवसाय नै धरापमा 

यता साफीको पैसा बैंकबाटै गाएब भएपछि उनको ब्यवसायी बन्द हुने अवस्थामा पुगेको छ । ब्यवसायी सञ्चालनको लागि लिएको ऋण फिर्ता गर्न नसकेपछि साफी आफैँ अहिले चेक बाउन्स मुद्दामा जेल परेका छन् ।