सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।

सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।