मर्ज हुने भएपछि कुमारी र एनसीसी बैंकको शेयर कारोबार रोक्का

मर्ज हुने भएपछि कुमारी र एनसीसी बैंकको शेयर कारोबार रोक्का

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कुमारी र एनसीसी बैंकको शेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच मर्जरमा जाने सम्झौतापछि असोज ११ गते देखि नेप्सेले दुबै बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

प्रारम्भिक सम्झौता अनुसार दुई बैंक एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन् । कुमारी र एनसीसीले १ः१ अनुपातमा मर्जरमा जाने सम्झौता गरेका थिए । मर्जरपश्चात एकीकृत संस्थाको कारोबार कुमारी बैंकको नामबाट हुने सम्झौता छ । दुई बैंकबीच सोमबार मर्जर सम्बन्धि सम्झौतमा हस्तार भएको हो । कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ । एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन् भने कुमारीका सिइओ रामचन्द्र खनाल वरिष्ठ डेपुटी सिइओको रुपमा रहनेछन । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताईएको छ ।