धेरैजसो वाणिज्य बैंकहरुलाई प्रथामिक क्षेत्रमा कर्जा पुर्याउनै गाह्रो, १६ बैंकले कृषि क्षेत्रमा १२% पनि लगानी गर्न सकेनन 

धेरैजसो वाणिज्य बैंकहरुलाई प्रथामिक क्षेत्रमा कर्जा पुर्याउनै गाह्रो, १६ बैंकले कृषि क्षेत्रमा १२% पनि लगानी गर्न सकेनन 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी

धेरै वाणिज्य बैंकहरूले राष्ट्र बैंकको निर्देशन अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैनन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वाणिज्य बैंकहरूको वित्तीय सूचकसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । निर्देशन अनुसार गत असारसम्म वाणिज्य बैंकहरूले कृषिमा मात्र कुल कर्जाको १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था थियो । उक्त अवधिसम्म १० वटा बैंकले मात्र निर्देशित सीमा पुर्याएका छन् । बाँकी १६ वटा बैंकको कृषि कर्जा उनीहरूको कुल कर्जाको १२ प्रतिशतभन्दा कम छ । २६ वटा वाणिज्य बैंकहरूको कृषि लगानी औसत १२.३४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।  

उर्जा क्षेत्रमा बैंकहरुको कर्जा प्रवाह 

उर्जाका क्षेत्रमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई कम्तिमा पनि ६ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । १४ वाणिज्य बैंकले उर्जा क्षेत्रमा तोकिएको अनुपातमा कर्जा लगानी गरेका छैनन् । जसमा कृषि विकास बैंकले ४.६१ प्रतिशत लगानी गरेको छ भने बैंक अफ काठमाडौंले ५.३८ प्रतिशत र एभरेष्ट बैंकले ५.२१ प्रतिशत उर्जा क्षेत्रमा लगानी गरेका छन । 

यस्तै हिमालयन बैंकले २.१० प्रतिशत, कुमारी बैंकले ५.७८ प्रतिशत, लक्ष्मी बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ५.१० प्रतिशत, मेगा बैंकले ४.९९ प्रतिशत, नबिल बैंकले ५.७६ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५.८६ प्रतिशत, नेपाल एसबिआइ बैंकले ५.७५ प्रतिशत, एनआइसी एसिया बैंकले १.२७ प्रतिशत, प्रभु बैंकले ५.०८ प्रतिशत, सिद्धार्थ बैंकले ५.४५ प्रतिशत उर्जा क्षेत्रमा तोकिएको भन्दा कम लगानी गरेका छन् । 

\"\"

यसका साथै  तोकिएको सिमा पुरा गर्ने बैंकहरुमा सेन्चुरी कमर्सियल बैंकले ७.१८ प्रतिशत, सिटिजन्स बैंकले ६.१३ प्रतिशत, सिभिल बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.७२ प्रतिशत, नेपाल बैंकले ६.४०, नेपाल इन्भेष्टमेन्ट बैंकले ८.१६ प्रतिशत, एनएमबी बैंकले ८.२८ प्रतिशत, प्राइम बैंकले ६.१८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.६४ प्रतिशत, सानिमा बैंकले ७.९१ प्रतिशत, स्टान्ड अफ चाटर्ड बैंकले ६.४१ प्रतिशत र सनराईज बैंकले ७.६३ प्रतिशत लगानी गरेका छन । यी बैंकहरुले राष्ट्र बैंकले तोकेको सिमा पुरा गरेका छन् । 

१६ वटा वाणिज्य बैंकले कृषिमा आधारित कर्जा ११ प्रतिशत पनि पुर्याउन सकेनन  

२६ वाणिज्य बैंकहरु मध्येमा कृषि क्षेत्रमा १६ वटा वाणिज्य बैंकले राष्ट्र बैंकले तोकेको लागनी सिमा पुरा गर्न सकेका छैनन । कृषि क्षेत्रमा सबै भन्दा बढी लगानी गर्नेमा कृषि विकास बैंक रहेको छ । जसले ३१ प्रतिशत लगानी गरेको छ भने सबै भन्दा कम लगानी गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । नेपाल इन्भेष्टमेन्ट बैंकले कृषि क्षेत्रमा कुल कर्जामध्य ८.८४ प्रतिशत मात्रै गरेको छ । यो राष्ट्र बैंकले तोकेको सिमाभन्दा ४ प्रतिशतले कम हो । यस्तै राष्ट्र बैंकले तोकेको सिमामा पुग्न नसक्ने बैंकहरुमा नबिल बैंकले कृषिमा ११.२९ प्रतिशत लगानी गरेको छ भने स्टन्र्ड अफ चाटर्ड बैंकले ११ प्रतिशत र एभरेष्ट बैंकले ९.२४ प्रतिशत मात्रै लगानी गरेको छ । 

यस्तै बैंक अफ काठमाडौंले ९.४० प्रतिशत, एनआइसी एसिया बैंकले ११.३८ प्रतिशत, माछापुच्छ्रे बैंकले १०.९६ प्रतिशत, कुमारी बैंकलले ९.५० प्रतिशत, लक्ष्मी बैंकले १०.३८ प्रतिशत, सिद्धार्थ बैंकले ११.६६ प्रतिशत, सेन्चुरी कमर्सियल बैंकले १०.०५ प्रतिशत, ग्लोबल आइएमई बैंकले १०.७८ प्रतिशत, मेगा बैंकले ११.४६ प्रतिशत, प्रभु बैंकले ११.८५ प्रतिशत, मेगा बैंकले १०.३९ प्रतिशत र सिभिल बैंकले ११.०४ प्रतिशत कृषिमा आधारित कर्जा लगानी गरेका छन ।

त्यस्तै, राष्ट्र बैंकको निर्देशन अनुसार कृषि कर्जा लगानी १२ प्रतिशतको सिमा पुरा गरेका  बैंंकहरुमा सिटिजन बैंकले १२.१६ प्रतिशत, हिमालयन बैंकले १८.८५ प्रतिशत, नेपाल बैंकले १२.४८ प्रतिशत, एनसीसी बैंकले १२.८४ प्रतिशत, नेपाल एसबिआई बैंकले १२.५६ प्रतिशत, एनएमबि बैंकले १२.४३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १२.३९ प्रतिशत, सानिमा बैंकले १२.१ प्रतिशत र सनराईज बैंकले  १२.२८ प्रतिशतसम्म कृषिमा आधारित कर्जा उपलब्ध गराएका छन् ।

साना तथा मझौला व्यवसायमा १८ वटा वाणिज्य बैंकको न्युन लगानी 

साना तथा मझौला व्यवसायको लागि राष्ट्र बैंकले ११ प्रतिशत साना तथा मझौला व्यवसायको लागि कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर १८ वटा वाणिज्य बैंकहरुले निकै कम मात्रामा यो शिर्षकमा कर्जा लगानी गरेका छन ।

साना तथा मझौला व्यवसायमा कम लागनी गर्ने बैंकमा बैंक अफ काठमाडौंले ८.६९ प्रतिशत, सन्चेरी बैंकले ६.४७ प्रतिशत, सिभिल बैंकले ८.३८ प्रतिशत, एभरेष्ट बैंकले ७.२२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.२८ प्रतिशत, हिमालयन बैंकले १.६३ प्रतिशत, कुमारी बैंकले ९.६० प्रतिशत, लक्ष्मी बैंकले ५.९८ प्रतिशत, माछापुच्छ्रे बैंकले ९.०३ प्रतिशत, नबिल बैंकले ७.४४ प्रतिशत, एनसीसी बैंकले १०.६६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ३.४७ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.२७ प्रतिशत, प्रभु बैंकले ५.८० प्रतिशत, प्राइम कमर्सियल बैंकले ७.७४ प्रतिशत, सानिमा बैंकले ५.९४ प्रतिशत, सिद्धार्थ बैंकले ८.२१ प्रतिशत, र स्टान्र्ड चाटर्ड बैंकले १.८२ प्रतिशत तोकिएको भन्दा कम लगानी गरेको राष्ट्र बैंकको तथ्याङले जनाएको छ । 

यसका साथै कृषि विकास बैंकले २४.३१ प्रतिशत, सिटिजन बैंकले ११.४२ प्रतिशत, मेगा बैंकले ११.१३ प्रतिशत, नेपाल बैंकले १६.२२ प्रतिशत, एनआइसी एसिया बैंकले ११.०२ प्रतिशत, एनएमबि बैंकले ११.०६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १८.७७ प्रतिशत, र सनराइज बैंकले ११.०३ प्रतिशत गरी कर्जा साना तथा मझौला व्यवसायमा तोकिएको कर्जा लगानी पुरा गरेका छन । तोकिएको अवधिभित्र यस्ता निर्देशित कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा हुन आउने नपुग रकमको आधारमा बैंकहरूलाई हर्जाना लगाइन्छ । 

बैंकहरूले सो समयको कर्जामा कायम अधिकतम ब्याजदरको आधारमा नपुग रकममा हर्जाना लगाइनेछ । राष्ट्र बैंकले २०८२ सम्ममा बैंकहरूलाई क्रमिक रूपमा कृषिमा १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र साना तथा मझौला व्यवसायमा पनि १५ प्रतिशतसम्म कर्जा जारी गर्नुपर्ने राष्ट्र बैंकले दिएको छ । 

\"\"