बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकका ग्राहकले चेली थकाली भान्छा घरमा विभिन्न छुट पाउने भएका छन् । प्रभु बैंक र पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले चेली थकाली भान्छा घरद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।
सम्झौता अन्तर्गत चेली थकाली भान्छा घरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चेली थकाली भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।



About Us
प्रतिक्रिया