राष्ट्र बैंकको निर्देशनः अब यी १८ क्षेत्रमा डलर कार्डबाट भुक्तानी गर्न नसकिने 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बस्तु तथा सेवाको खरिदमा डलर कार्डबाट हुने भुक्तानीमा कडाई गरेको छ । विदेशी बिनिमय कारोबार गर्न इजाजत प्राप्त वाणिज्य बैंक र विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकले १८ प्रकारका भुक्तानीमा रोक लगाएको हो ।  

एकीकृत परिपत्र २०७८ मा संशोधन गरी राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले बैंकहरुका लागि परिपत्र जारी गर्दै मनी अर्डर (वायर ट्रान्सफर), डाइरेक्ट मार्केटिङ, बिमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल र अटोमेटेड क्यास डिस्बर्समेन्ट) लगायतको भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने भएको जानकारी गराए । 

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार नेपालका वाणिज्य बैंक र विकास बैंकहरुले एक वर्षको म्याद हुनेगरी प्रति व्यक्ति ५ सय डलरसम्मको डलरसम्मको प्रिपेड डलर कार्ड जारी गर्न पाउँछन् । 

धितोपत्र दलाल र डिलर्स, बि बिक्री, अन्डराइटिङ तथा प्रिमियम कारोबारको शुल्क, रियल इस्टेट एजेन्ट तथा म्यानेजर, वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, सरकारी इजाजतप्राप्त क्यासिनो तथा घोडा र कुकुर दौड, राजनीतिक र धार्मीक संगठनलाई पनि डलर कार्डबाट भुक्तानी गर्न नपाइने राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।