राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आज


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले भदौ १४ गते ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भोली भदौ १४ गते मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो मंसिर १३ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएकोछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।