बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही ८ भदाैका दिन प्रभु क्यापिटल तथा टिथ्री (T3) थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टिथ्री (T3) थकाली ग्रुपबाट सेवा लिदा १२ प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा बिल पेमेण्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।
समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले T3 थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
नेपाली पूँजी बजारमा भिडियाे केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।



About Us
प्रतिक्रिया