बैंकिङ्ग समाचार, काठमाडौं ।
हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि आई पे रेमिट प्रा.लि.ले “तिजको रमझम, ipay remit को गीतमा Tiktok बनाई नाचौँ छमछम” विशेष योजना र्सावजनिक गरेको छ ।
यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ । यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप रु ५००, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप रु १५,००० र बम्पर पुरस्कारमा १ जना भाग्यशाली विजेताले रु २०,००० प्राप्त गर्नेछन् ।
यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाइदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गरेको छ ।
नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २०,००० भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । साथै नेपालको जुनसुकै बैंक तथा वित्तिय संस्थामा Real Time Account deposit र e-wallet मा Real Time टप अप गर्न सकिने व्यबस्था रहेको छ ।



About Us
प्रतिक्रिया