बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकले उपत्यका भित्र तथा बाहिरका लागी ठुलो संख्यामा विभिन्न पदमा कर्मचारीहरुका लागि दरखास्त आह्वान गरेको छ ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।
वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको एक विज्ञप्ती मार्फत जनाएको छ ।
यसका लागी योग्यता पुगेका इच्छुक आवेदकले बैंकको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत मिति २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकको भ्याकेन्सीको पुर्ण सुचना:
प्रतिक्रिया