हिमालयन बैंकले मेलम्ची खानेपानीको ग्यारेन्टी वापतको मुद्दा जितेसँगै ६६ लाख ५५ हजार डलर फिर्ता पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाण्डूको पक्षमा फैसला गरेको छ । 

ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा फैसला गरेपछि अब चाईना कन्सट्रक्सन बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम  फिर्ता गर्नुपर्ने छ ।
फैसला अनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने भएकोछ । 

यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नोबेम्बर ६, २०२० मा पनि नेपाली बैंकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले सन् २००९ मा चाईना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।