सूर्योदय वोमी लघुवित्तको नाफा करिब १४ करोड

सूर्योदय वोमी लघुवित्तको नाफा करिब १४ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा १३ प्रतिशत कम खुद नाफा गरेको हो ।

अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको यो नाफा १६ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको थियो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने १६ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष २२ करोड ३९ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १८ करोड ७९ लाख रूपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो ।

अघिल्लो वर्षको तुलनामा सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा घटेसँगै खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शिर्षकमा १ करोड ६७ लाख रूपैयाँभन्दा बढी छुट्याएको कम्पनीले गत वर्ष ४ करोड ५३ लाख रूपैयाँभन्दा बढी छुट्याएको हो ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई २०७८ साल चैत १९ गतेदेखि एकिकृत कारोबार गर्दै आएका छन् । हाल कम्नपीको चुक्तापूँजी ७९ करोड १९ लाख ८४ हजार रूपैयाँ कायम भएको छ । जगेडा कोष रकम ५५ करोड ८७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा १६७ दशमलव ९७ प्रतिशत बढी ५ अर्ब ७० करोड रूपैयाँ कर्जा सापटी लिएको छ भने १३६ दशमलव १८ प्रतिशत बढी १ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा १६१ दशमलव ७५ प्रतिशत बढी ४ अर्ब २७ करोड निक्षेप संकलन गरेको छ ।

अघिल्लो वर्ष २ दशमलव शून्य ८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ४६ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७ रूपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १७० रूपैयाँ ५५ पैसा छ ।