सानिमा बैंकका ग्राहकले नमस्ते पे वालेटमा रकमान्तर गरी कारोबार गर्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ ।

ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने भएका हुन् । बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।