आशा लघुवित्तको नाफा ०.४४% बढेर पुग्यो १२ करोड ३५ लाख रूपैयाँ, ईपीएस कति ?

आशा लघुवित्तको नाफा ०.४४% बढेर पुग्यो १२ करोड ३५ लाख रूपैयाँ, ईपीएस कति ?

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ३५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म १२ करोड ३० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष शून्य दशमलव ४४ प्रतिशत बढी मात्र खुद नाफा गरेको हो ।

सम्भावित जोखिम शिर्षकमा बढी रकम गत वर्ष छुट्याएकाले कम्पनीको नाफा बृद्धिमा असर परेको देखिन्छ ।

सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १९ करोड ४८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष १८ करोड ७२ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३३ करोड ३९ लाख १४ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा १२१ दशमलव ३३ प्रतिशत बढी २१ करोड ९२ लाख रूपैयाँ कायम भएको छ । २ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ५ अर्ब ३१ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

गत चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड ४ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा सापटी २६ दशमलव १३ प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ९९ प्रतिशत बढेको हो भने निक्षेप संकलन ३४ दशमलव ६२ प्रतिशत बढी भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८७ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.८९ प्रतिशत घटेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ पैसा बढेर ३७ रुपैयाँ १ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.४२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १२१.३३ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी २६.१३ प्रतिशत, निक्षेप ३४.६२ प्रतिशत र कर्जा ३०.९९ प्रतिशत बढेको छ ।