बैंकिङ्ग समाचार, काठमाडौं ।
मुलुकको अर्थतन्त्र तिव्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुने भएकाे छ । ब्राण्डवर्थको आयोजनामा होटल सोल्टीमा उक्त कार्यक्रम गर्न लागेको हो ।
कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको कम्पनीले बताएकाे छ ।
कम्पनीकाे अनुसार कन्क्लेभमा ‘बदलिँदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा अन्तरक्रिया र बहस हुने छ ।
यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहने कम्पनीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया