बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बंगलादेश (एनबि) बैंकले सर्वोच्च अदालतमा दायर गरेको मुदद फिर्ता गरेका छन् । नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न परेको रिट श्रेष्ठले फिर्ता लिएका हुन् ।
लक्ष्मी बैंककाे संस्थापक लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएको बताए । ‘आज मुद्दा फिर्ता लिएको छु, अब एनबी बैंक ठूलो बैंक बन्ने भयो, हामी खुसी छौं,’ उनले भने ।
गत बिहीबार सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले अल्पकालीन आदेश जारी गर्दै मर्जरको प्रक्रिया अगाडि नबढाउन भनेको थियो । नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।
बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिएपछि अब मुद्दा खारेज भएको हो ।
लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए । साथै दुबै बैंक, नेपाल राष्ट्र बैंकबिरुद्ध पनि उनीहरुले मुद्दा हालेका थिए ।
दुवै बैंकले जेठ सात गतेका लागि विशेष साधारणसभा आव्हान गरेका छन् ।



About Us
प्रतिक्रिया