नबिल बैंकको २८ हजार बढी कित्ता संस्थापक शेयर लिलामीमा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडको २८ हजार ९८५ कित्ता संस्थापक शेयर जेठ ५ गतेदेखि लिलामीमा आएको छ । बैंकले अशोक कुमार अग्रवालको नाममा रहेको ९ हजार ४२८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको नाममा रहेको १० हजार ९५१ कित्ता र तुलसीराम अग्रवालको नाममा रहेको ८ हजार २१० कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकहरुले तोकिएको अवधिभित्र के कति रेट कति कित्ता खरीद गर्ने हो सो समेत खुलाई बैंकको केन्दिय कार्यालय तिनधारा, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गुर्नपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।