‘कुमारी धनवृद्धि योजना’का इकाइहरु जेठ १२ बाट बिक्री खुला गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी धनवृद्धि योजना’का इकाइहरुको बिक्री खुला यही जेठ १२ गते गरिने भएको छ।

कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेड र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको यस बन्दमुखी योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइहरुको बिक्री खुला गरिने भएको हो। कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक कुमारी बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन पेस गर्न सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा जेठ १७ गते हुनेछ। यो अवधिसम्म मागअनुसार आवेदन नपरेको खण्डमा सर्वसाधारणले जेठ २६ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन पाउनेछन्।

यो योजनामा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।  यस योजनाको धितोपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। यो योजनालाई धितोपत्र बोर्डले गत वैशाख २२ गते निष्कासन अनुमति दिएको थियो।