प्रि ओपन सेसनमा २.१२ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.१२ अंकले बढेर बन्द भएको छ। यस सेसनमा ५७ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ५९ हजार २११ कित्ता शेयर किनबेच भएको छ।

आज २० कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।