बैंकिङ्ग समाचार, काठमाडौं ।
आइसिएफसि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१५% प्रतिशतदेखि अधिकतम ८.५% प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १२ प्रतिशतदेखि अधिकतम १२.१५ प्रतिशतसम्म तोकिएको छ । बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर १०.६२ प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ७ प्रतिशत थप गरेर ब्याज तिर्नु पर्नेछ ।



About Us
प्रतिक्रिया