इनोभेसन सुरु गर्दा लगानीको सुरक्षामा ध्यान दिनुः कार्यकारी निर्देशक पौडेल

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरीले नेपालमा ‘फिनटेक’ कानुनी र नियामकीय व्यवस्थाको सम्भावना र चुनौती विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विश्वभरिको प्रचलन नै इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अगाडि र पछाडि नै हुने गरेको बताए ।

पौडेलले नयाँ व्यवसायको लागि विदेशमा लगानी गर्न नदिने ऐन अहिले पनि कायम रहेकाले नेपालको लगानी विदेश लान नमिल्ने बताए । पौडेलले विदेशी लगानीका सम्बन्धमा नीतिगत व्यवस्था नै परिमार्जन गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा अनुमति नचाहिने बताए ।

‘बाहिर लगानी लैजाने सम्बन्धमा भने कानुनी रूपमा नमिले पनि कोही विदेशमा गएर कमाएर उतै लगानी गर्छु भन्छ’ उनले भने, ‘तर उसलाई विदेशी बैंकले ऋण लगानीमा विश्वास गर्दैन भने नेपाली बैंक ग्यारेन्टी बस्न सक्ने व्यवस्था गरेको छ ।’

कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंकका डिपार्टमेन्ट हेड माधव रेग्मीले नेपालमा फिनटेकको विकासमा आवश्यक ऐनको अभाव रहेको बताए । उनले अहिले पनि डिजिटल हस्ताक्षरका लागि बनेको विद्युतीय कारोबार ऐनका आधारमा डिजिटल कारोबार भइरहेको दाबी गरे । रेग्मीले फिनटेकको थप विस्तार र विकास र ट्रान्सफरको लागि विदेशी लगानी आवश्यक रहेको बताए ।

उनले नेपालमा कानुनी रूपमा विदेशी लगानी ल्याउन समस्या नभएता पनि डाटा सुरक्षामा चुनौती रहेकाले कानुनको पहिलो आवश्यकता रहेको बताए । रेग्मीले अहिले पुरानो विद्युतीय कारोबार ऐन खारेज गरेर नयाँ सूचना तथा प्रविधि ऐन आउने क्रममा रहेको बताए ।

त्यस्तै, फोनपेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिवस सापकोटाले नेपाली फिनटेक प्लेयरलाई ग्लोबल मार्केटमा लानको लागि कानुनी व्यवधान रहेको बताए । उनले नेपाली कम्पनीप्रति विश्वसनीयता बढाउनको लागि भए पनि फिनटेकमा विदेशी लगानी आवश्यक रहेको बताए ।

सापकोटाले फिनटेकमा स्टार्टअफ कम्पनीलाई जनताको विश्वास जित्न धेरै चुनौती रहेको उल्लेख गरे । उनले स्टार्टअफ कम्पनीहरुलाई जनताको विस्वास जित्नको लागि अन्तर्रास्ट्रिय बजारमा स्थापित कम्पनी ल्याउन सके मात्रै विश्वसनीयता बढ्ने बताए । फोनपे जस्ता कम्पनीहरुमा विदेशी कम्पनीहरुले लगानी गर्न इच्छुक देखिएकाले स्वीकृतिको लागि राष्ट्र बैंकमा निवेदन गरिएको उल्लेख गरे ।