उच्च अदालतको राष्ट्र बैंकलाई निर्देशन: हिमालयन बैंकको लाभांश नरोक्नु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई लाभांश वितरणमा लगाइएको रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन जारी गरेको थियो । जसविरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो । अदालतले परमादेश जारी गर्दै लाभांश वितरण नरोक्न निर्देशन दिएको हो ।

‘हिमालयन बैंकबाट शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश गर्न सक्ने अवस्था देखिँदा यस सम्बन्धमा जे जे गर्नुपर्ने हो गरी नगद लाभांश वितरण गर्न निवेदक हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु,’ अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनिएको छ ।

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।