काठमाडौं – सरकारको ७५३ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य पुरा भएकाे छ । नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने घोषणा गरेको थियो । गत बुधबार एभरेष्ट बैंकले शाखा स्थापना गरेसँगै साईपाल गाउँपालिकावासीमा बैंकिङ्ग सेवा विस्तार भएको हो ।
स्थानीय तहमा जाने, ठुलो रकम परिचालन गर्ने अवसर प्राप्त हुने देखेपछि स्थानीय तहमा बैंकका शाखा खुल्ने क्रम स्वत: बढ्दै जाँदा पनि साईपाल गाउँपालिका भने ६ वर्षसम्म बैंकिङ्ग पहुँचको अधिकारबाट बञ्चित भएको थियो ।
साईपाल गाउँपालिकाले बैंक नभएकै कारण सम्पर्क कार्यालय सदरमुकाम मै राखेर काम गर्दै आएको पालिका उपाध्यक्ष डोल्मा तामाङ्गले जानकारी दिइन् । केन्द्रीय बैंकले साईपालमा शाखा स्थापनाका लागि एभरेष्ट बैंकलाई जिम्मा दिएको थियो । केन्द्रीय बैंकले पटक-पटक बैंकलाई शाखा सञ्चालन गर्न आग्रह गरेसँगै साइपालमा शाखा सञ्चालन गरेको हो । बैंकिङ्ग समाचारसँग तामाङ्गले भनिन्, ‘बैंकको शाखा सञ्चालनमा आउँदा हामी सबै खुशी नै छौ तर हामीले भनेको ठाउँमा भने स्थापना हुन सकेन ।’
साईपाल गाउँपालिकाकी उपाध्यक्ष तामाङ्गकाकाअनुसार पालिकाबाट सदरमुकाम पुग्नका लागि २ दिनको समय छुट्याउनुपर्ने हुन्छ । बैंकिङ्ग कारोबार गर्नैका लागि जान आउन मात्र ४ दिन खर्चिनुपर्ने बाध्यता एभरेष्ट बैंकले शाखा सञ्चालन गरेसँगै हटेको छ । पछिल्लो चरणमा सबैजसो पालिकाले वृद्धाभत्ताहरु बैंकमार्फत नै दिन थालिसकेको अवस्थामा साईपालले भने बैंक नभएकै कारण जोखिम मोल्दै नगद बोक्दै घर घरमा गएर भत्ता बाँडिरहेको थियो अब त्यो जोखिम पनि मोल्न नपर्ने पालिकाले जनाएको छ । बैंकले बिजुलीको पहुँच नपुग्दा शाखा सञ्चालानमा ढिलाई भएको बताएको छ ।
याे पनि :






About Us
प्रतिक्रिया