बैंकिङ्ग समाचार, काठमाडौं ।
युनियन लाइफ इन्स्याेरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांशको एजेण्डाबीनै बैशाख २३ गते बिहान १०ः३० बजे, टाइगर प्यालेस रिर्सोट भैरहवा, रुपन्देहीमा चौथो वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले जीवन बीमा कम्पनीबीच एक आपसमा मर्जर तथा एक्वीजिशन गर्ने प्रयोजनको लागि सम्पुर्ण प्रकृया पुरा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव गरेको छ ।
कम्पनीले सामुहिक लगानी कोष सञ्चालन गर्न प्रबन्धपत्रमा उदेश्य थप गर्ने सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न पनि सञ्चालक समितिले अख्तियारी प्रदान गर्नेछ ।
यस्तै सञ्चालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।
स्वतन्त्र विज्ञ सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको पुन नियुक्तीको पनि अनुमोदन सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख १२ गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।
प्रतिक्रिया