दोर्दी खोला जलविद्युत् कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

दोर्दी खोला जलविद्युत् कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले चैत २८ गते रू. २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो ।

यो शेयर विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा २८ प्रतिशत शेयर जारी गर्न लागेको हो ।

हाल संस्थापकतर्फबाट कम्पनीले चुक्ता गरेको ७२ प्रतिशत पँजी रू. ७५ करोड ९० लाख ६७ हजार ५०० रहेको छ ।