बैंकिङ्ग समाचार, काठमाडौं ।
आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो २१औं शाखा झापाको विर्तामोडमा सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७८ चैत २७ गते रामनवमीको दिन बाट प्रदेश नं १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको हो।
उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी गरेका हुन् । कम्पनीले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए।टि।एम कार्ड, आस्वा सेवा, म्झबत सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ ।



About Us
प्रतिक्रिया