बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । 

कम्पनीले गत मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गरेको २८ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भइसकेको जानकारी गराउँदै उक्त बोनस बापतको कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड र यस कम्पनी मर्ज भई २०७८ साल वैशाख २८ गतेदेखि एकीकृत कारोबार शुरु गरे पश्चात शेयर खरीद गरेका शेयरधनीको हकमा कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वयमले तिर्नुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको उक्त बोनस शेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात शेयर खरीद गरेकाहरुको हकमा मात्र लागू हुने कम्पनीको भनाइ छ ।

कम्पनीले बोनस शेयरको कर बापतको रकम ग्लोबल आइएमई बैंकको शाखा कार्यालय न्यूरोड, पोखरमा रहेको १२०१०१००००३७० मा जम्मा गरिदिनका लागि आग्रह गरेको हो ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न समेत कम्पनीले भनेको छ ।